काठमाडौँ, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले गत पौष ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । उनले वैशाखमा चुनावसमेत तय गरेका छन् ।