सरकारको प्राथमिकता: अब लिम्पियाधुरासम्मै विकास, विशेष क्षेत्र घोषणाको माग

काठमाडौँ, २८ भदौ । नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन । दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन् । भारतले नछाडे पनि स्थानीय र प्रदेश सरकारले यी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न थालेका छन् । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमसहित…