कोरोना भाइरस मानव जातिकै साझा दुष्मन हो, एकतावद्ध भएर परास्त गरौँः मन्त्री ढकाल

काठमाडौँ, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि दुस्मन रहेको बताउनुभएको छ । मंगलबार दिउँसो ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले विपद्को बेलामा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका निम्त…