काठमाडौँ, ४ चैत । सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण बजारमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गरिने जानकारी दिएका…