काठमाडौँ, १६ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन् । आज बिहान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सोह्रखुट्टेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताए । देउवाले भने, ‘पूर्वका होउन् वा पश्चिमका होउन्, विभिन्न चाहनाहरु होलान्, ती…