काठमाडौँ, ७ माघ । आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । सभामुख पदको लागि नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ…