काठमाडौँ, २३ पौष । भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सञ्चालनको विषयमा छलफल गर्न जर्मनीको म्युनिख विमानस्थलको टोली १ महीनाभित्रै नेपाल आउने भएको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणलाई गत असारमै औपचारिक प्रस्ताव पठाएको…