कञ्चनपुर, २१ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताउँएको छ । प्रेस सङ्गठन कञ्चनपुरले भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको…