Banner News

नेकपाले चयन गर्‍यो राष्ट्रियसभा उम्मेदवार को –को भए उम्मेदवार



काठमाडौ,१८ पौष । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार,

प्रदेश एकमा

महिला उम्मेवार इन्दु गौतम

दलितबाट गोपी अछामी

अन्यबाट देवेन्द्र दाहाल

प्रदेश दुईमा

महिलाबाट तुलसा दाहाल

दलितबाट राधेश्याम पासवान

प्रदेश तीनमा

महिला उम्मेदवारमा गंगा बेलबासे

अन्यमा बेदुराम भुसाल

गण्डकी प्रदेशमा

अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ

महिलाबाट भगवती न्यौपाने

प्रदेश पाँचमा

महिला उम्मेदवार विमला घिमिरे

अपांगताबाट जगप्रसाद शर्मा

अन्यबाट गोपाल भट्टराई

कर्णाली प्रदेशमा

अन्यबाट मायाप्रसाद शर्मा

महिलाबाट सुनिता केसी

सुदूरपश्चिम प्रदेशमा

अन्यमा तारामान स्वाँर

महिलाबाट शारदा भट्टलाई

पूर्वएमालेले ९ जना र पूर्वमाओवादीले ७ जना उम्मेदवार बनाएको छ । भागबण्डाका आधारमा उम्मेदवार चयन गरिएको छ ।