राष्ट्रपति भण्डारीद्वारा ‘तमूल्होसार’को शुभकामना : संस्कृतिको महत्वपूर्ण अङ्ग रहेको उल्लेख

काठमाडौँ, १५ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान पर्व ‘तमूल्होसार’का अवसरमा शुभकामना दिनुभएको छ । उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ नेपालमा मनाइने विभिन्‍न चाडपर्वहरूले स्वदेश तथा विदेशमा समेत विशिष्ट…