ताप्लेजुङमा आगलागी हुँदा ५० लाखको क्षति

ताप्लेजुङ, १३ मंसिर । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखुमा भञ्ज्याङ बजारमा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रवार दिउँसो करिब ४:३० बजे स्थानीय ३५ वर्षीय डेनी तामाङको घरमा आगलागी भएको थियो। विद्युत्‌ सर्ट भएर घरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ…