२० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ, ६ पौष । नेपाल राष्ट्र बैंकले आइतबार (पुस ६) २० अर्ब रुपैयाँ निक्षेप बजारबाट खिच्दै छ । राष्ट्र बैंकले अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।  इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था आज दिउँसो २ बजेसम्म बोलकबोलमा सहभागी हुन पाउनेछन् । …