काठमाडौँ, १७ असोज । नेपालको बिजुली बङ्गलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बङ्गलादेश र भारतबिच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज काठमाडौँमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरूले हस्ताक्षर…