घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ८ मंसिर । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १९ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४२ हजार ७ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।