काठमाडौँ, २८ पौष । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५५ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।