काठमाडौँ, २९ पौष । सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध करिब ५ करोड रुपैयाँ बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नीलकण्ठ नगरपालिका–३, धादिङ घर भई ललितपुरको धोबीघाट बस्दै आएका श्रेष्ठको परिवारका अन्य चार जनालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । श्रेष्ठले सार्वजनिक सेवा प्रवेशदेखि अवकाशको अवधिसम्म पेस गरेको सम्पत्ति विवरण र…