काठमाडौँ, १८ पौष । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५१ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।