काठमाडौँ, ११ पौष । नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ । बजार बढ्दा ७० कम्पनीको सेयर मूल्य बढेको छ । १६३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।…