काठमाडौँ, ३ पौष । सिन्धुलीको प्रसिद्ध जुनारलाई आधुनिक प्रविधिमार्फत ब्रान्डिङ गर्ने र यसको बहुआयामिक स्वाद उपभोक्तामाझ पुर्याउने उद्देश्यले ललितपुरमा आजदेखि साताव्यापी ‘सिन्धुली जुनार मेला’ हुने भएको छ । गोलन्जोर गाउँपालिकामा हालै सम्पन्न ‘जुनार बगैँचा उत्सव’ लगत्तै ललितपुरमा यो प्रदर्शनात्मक मेला आयोजना गर्न लागिएको हो । स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा…