काठमाडौँ, ४ पौष । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनी ५५ रुपैयाँले घटेर प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।