काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय हस्ताक्षर गरिएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सरकारले मंगलबार सार्वजनिक गरेको छ । बेइजिङमा हस्ताक्षर भएको छैटौं दिन सरकारले सहकार्य फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक गरेको हो । सहकार्य फ्रेमवर्कमा प्राविधिक सहयोग र वित्तीय सहायता (टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी) भन्ने शब्दावली उल्लेख गरिएको छ । ‘एड फाइनान्सिङ’ ले सहुलियतपूर्ण…