मनाङेले बढाएका सवा अर्बका बहुवर्षीय योजना अर्थले रोक्यो

पोखरा, ९ मंसिर । तीन पटकसम्म गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भएर राजीव गुरुङ (दीपक मनाङे)ले अघि बढाएका करिब सवा अर्बका बहुवर्षीय ठेक्का प्रक्रिया अर्थ मन्त्रालयले रोकेको छ । अर्थ मन्त्रालयका सचिव डिल्लीराज रिज्यालले पनि वार्षिक विकास कार्यक्रममा विनियोजित रकममात्र कार्यान्वयनमा पठाउने तर अरु बहुवर्षीयमा ठेक्का लगाउने प्रक्रिया तत्काललाई रोकिएको बताए ।…