बागलुङ, १८ मंसिर । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थाल्नुभएको १२ वर्ष पुगेको छ । अहिले उहाँले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आउनुभएको हो । दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिनुहुन्छ । विसं २०६९ मा तीन वटा भैँसीबाट…