बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ४ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६२ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।