काठमाडौँ, २५ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।