उपभोक्तालाई महँगीको मार, मूकदर्शक सरकार

काठमाडौँ, २३ असोज । दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भइरहँदा अनुगमन–नियमन गर्ने निकायहरू मूकदर्शक देखिएका छन् । चाडबाडको संघारमा अचाक्ली मूल्य बढाइँदासमेत नियन्त्रण गर्न प्रभावकारी कदम चालिएको छैन । निरन्तर मूल्यवृद्धि नभएको दैनिक उपभोग्य सामग्री नै खासै छैन । मूल्य कतिसम्म बढिरहेको छ भन्ने बुझ्न गोलभेंडा पर्याप्त छ । गत वर्ष दसैंअगाडि ठूलो गोलभेंडाको मूल्य प्रतिकिलो ३८ रुपैयाँ थियो । अहिले…