ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौँ, २२ असोज । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट लाभांश घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन्…