काठमाडौँ, १७ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।