काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबिच दुई संस्थाबिच सहकार्यको समझदारी नेपाल चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्स र भियतनाम…