सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ, १६ असोज । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बुधबार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले समितिको प्रतिवेदन सरकारले अविलम्ब कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् । उनले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर…