आर्थिक गतिविधि सुस्त हुँदा थुप्रियो विदेशी मुद्रा सञ्चिति

काठमाडौँ, ३० असोज । लगातार बढिरहेको रेमिट्यान्स आप्रवाह र बढ्न नसकेको आयातका कारण मुलुकमा विदेशी मुद्रा थुप्रिने क्रमले गत भदौमा पनि निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको भदौ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले विदेशी मुद्रा (विनिमय) सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको देखाएको हो । यो हालसम्मकै उच्च हो । …