काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । ऊर्जामन्त्री खड्का र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच आइतबार भएको भेटमा नेपाल र बंगलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको…