काठमाडौँ, १७ भदौ । मुलुकमा आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै गए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न नसकेकाले थप हस्तक्षप आवश्यक रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारणसभाका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अपेक्षाअनुसार अर्थतन्त्रको शिथिलता कम नभएको धारणा राखे ।…