बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ९ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ५२ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।