काठमाडौँ, १८ मंसिर । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत ओभरड्राफ्टमा एक करोड रुपैयाँसम्म ऋण लिन पाउने नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएको यस्तो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ । यसअघि यस्तो सीमा ५० लाख मात्र थियो । ओभरड्राफ्टमार्फत ऋण लिन पाउने व्यक्तिगत सीमा विगतमा…