काठमाडौँ, २४ साउन । बिहीबार सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ । अघिल्लो दिन १७ अर्ब ९५ करोडको कारोबार भएको थियो । नेप्से परिसूचक भने यस दिन ६.७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २७६६ अंकमा कायम भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रह्यो…