काठमाडौँ, ३० कार्तिक । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो । भारतले स्वीकृति दिइसकेकाले शुक्रबार दिउँसो १२.४५ बजे नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीद्वारा ‘भर्चुअल’ उद्घाटन गरी बिजुली पठाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री…