काठमाडौँ, १० भदौ । बैंकिङ कसुरको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विद्यमान कानुन संशोधन गर्न लागिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । संघीय संसद्को अर्थसमितिमा आइतबार अर्थमन्त्री पौडेलले पछिल्ला दिनमा बैंकिङ कसुर र चेक अनादरसम्बन्धी घटना बढेकाले त्यसको न्यूनीकरण तथा अध्ययनअनुसन्धानलाई व्यवस्थित बनाउनुपरेको प्रस्ट्याए । ‘चेक बाउन्स’ का रूपमा परिचित कसुरबापत…