काठमाडौँ, १६ साउन । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठुलो सङ्ख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । आज नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका…