पतञ्जलीको हदबन्दी छुटको जग्गामा लेखा समितिले थाल्यो छानबिन

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । हदबन्दी छुटसम्बन्धी कानुनविपरीत पतञ्जलीले जग्गा अपचलन गरेका प्रमाणहरू बाहिरिएपछि प्रतिनिधिसभाको लेखा समितिले यसमाथि छानबिन गर्न सरकारसँग विवरण मागेको हो ।  लेखा समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आइतबार पत्र…