काठमाडौँ, ८ मंसिर । आइतबारसम्म सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा रकम रु नौ करोड ३० लाख पुगेको छ। आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रु एक करोड एक लाख बराबर रकम कोषमा जम्मा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।…