सरकारद्वारा निजी क्षेत्रका १० प्रतिशत सुझाव मात्रै कार्यान्वयनमा

काठमाडौँ, २७ माघ । चालु आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित ७३ बुँदामध्ये १२ वटामा शून्य प्रगति देखिएको नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघले शुक्रबार एक कार्यक्रम आयोजना गरी निजी क्षेत्रसँग सम्बद्ध ७३ बुँदाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएको थियो । परिसंघले ‘बजेट वाच’ पहलका लागि आर्थिक पत्रकार समाज, नेपाल (सेजन) सँगको सहकार्यमा तयार पारेको…