काठमाडौँ, १२ कार्तिक । बक्यौता विवाद समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन अक्षरशः लागू गरे बक्यौता तिर्न तयार रहेको उद्योगीहरूले बताएका छन् । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले कातिक ८ मा बिजुली काटेपछि उद्योगीहरूले आइतबार पत्रकार सम्मेलन गर्दै आयोगको प्रतिवेदन अक्षरशः लागू र प्रमाण दिएको खण्डमा बक्यौता तिर्न तयार…