संघीय सरकार ७९ अर्ब ५ करोड बजेट घाटामा

काठमाडौँ, २६ मंसिर । बजेट कार्यान्वयनको स्थितिमा यो वर्ष पनि संघीय सरकार घाटामा देखिएको छ । आर्थिक वर्षको मङ्सिर २५ गतेसम्म २५ प्रतिशत बजेट खर्च गरेको सरकारले राजस्व सङ्कलनको हिसाबले ७९ अर्ब ५ करोड ७२ लाख रुपैयाँ बजेट घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्त अर्थात् ५ महिना सकिन लाग्दा सरकारले जम्मा ३ खर्ब…