दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ, १८ असोज । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ११.०४ अंकले घट्दै १९ सय ५६.९२ विन्दुमा झरेको हो । आज सेन्सेटिभ इन्डेक्स समेत १.५३ अंकले घटेर ३७३.३७ अंकमा झरेको नेप्सेले जनाएको छ ।  यस दिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन्…