काठमाडौँ, १२ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ७० रुपैयाँले बढेर प्रतितोला २८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।