बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै

कास्की, ५ कार्तिक । पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो । यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो । ती सामग्री बेच्ने व्यापारीको मन खुसी थिएन् । उहाँहरुमध्ये कसैले बाँस र निगालोको चोयाबाट बनेका घरेलु सामग्री गाउँगाउँ पुगेर खरिद गरेर ल्याउनुभएको थियो भने, कसैले आफैले बुनेर…