ऋण काढेर दसैं मनाउँदै चेपाङ समुदाय

चितवन, ४ कार्तिक । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले पिरोलेको छ। कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन्। यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन। गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन्। इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले…