काठमाडौँ, २९ असोज । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । कार्यालयका निमित्त प्रमख कल्पना विष्टका अनुसार यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट…