बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १६ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर प्रतितोला २५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।